About SHERPA FAMILY TREE
शेर्पाहरुको बंसावली
शेर्पाहरु बिश्वको सबभन्दा अग्लो हिमाल छ्यमोलोङमा (सगरमाथा) तथा महालङगुर हिमश्रीङखलाको काखमा अवस्थीत सोलु
खुम्बु, ओखल्ढुङगा, खोटाङ, भोज्पुर, संखुवासभा, ताप्लेजुङ, इलाम, रसुवा, सिन्धुपाल्चोक आदि जिल्लाको उत्तरि भूभागमा
बसोबास गर्ने नेपालको आदिबासी जनजातिहरु मध्येका एक जातिहुन।
शेर्पाका पुर्खाहरु पूर्वीतिब्बतका खाम प्रदेशबाट बसाई सर्दै नवौ देखि चौधौं शताब्दी तिर उपरोक्त हिमालयको फेदीमा आई मानव
बस्ती बसालेका हुन। खुम्बु क्षेत्रमा पहिलो पटक पदार्पण गर्ने शेर्पाहरुमा फाछेन, ठाग्पा र श्येर्वा टुङग्याल थिए। यिनीहरु अआफनो
परिवार सहीत जम्मा ६० जनाको डफ्फा सहीत चौधौं शताब्दीको मध्य तिर नङपाला (महालङगुर हिमाल) पार गरि खुम्बुमा प्रवेश
गरेका थिए। यिनै ३ जनाका सन्तानहरु सन १५३७ तिर खुम्बु बाट (स्योरोङ) सोलु तिर बसाई सरेका थिए।
कालान्तारमा थ्हिमि मुलका फाचेन का सन्तानहरु सलाका, खम्बाचे, गोपर्मा र पाल्दोरजि , मिङ्यक्पा मुलका ठाग्पाका सनतान
हरु ठाक्तोवा, गर्जा, गोले, फिनासा, युल्खोङमा आदिथर र उपथर मा बिभाजीत भएकाहुन भने स्यरवा टुङ्ग्यालका सनतान हरु
लामा थरमा गनिए। हिमाल पारीबाट रोल्वालीङ उपत्यकामा प्रवेश गरेका च्हग्पाको सनतानहरु हालका च्यावा थर कहलाईए।
त्यसैगरि तिब्बतको पेनाक भन्ने ठाउंबाट पन्ध्रौं शताबदीमा खुम्बुमा प्रवेश गरेका छ्योयीन राङडोलका सनतानहरुलाई पेनाकपा
भनिएका हुन।
यस बंसावलीमा थाहहुन नसकेका व्यक्तिहरुको थर शेर्पा भनि उल्लेख गरिएकोछ यहांहरुबाट आफनोथर लेखी पठाउनु
भएमा संशोधन गरिनेछ।
बैबाहीक सम्बन्धबाट नाता जोडिएका शेर्पा बाहेकका अन्यजातिको थर वा पारिवारीक नाम हरु पनि राखने प्रयत्न गरिएकोछ।
|